नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी – Satabdi News

नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी

बेलबारी, १६ असोज । नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका लिम्बूले आज सम्पन्न निर्वाचनमा १३६ मतले नगर सभापतिमा विजयी भएका हुन् ।

लिम्बूसँग प्रतिस्पर्धामा रहेका निवर्तमान नगर सभापति शम्भु भट्टराईले ९४ मत प्राप्त गरेका छन् । त्यसै गरी उपसभापतिमा नीतु थापा कोइराला र उपेन्द्र सुवेदी विजयी भएका छन् । उप सभापतिमा विजयी भएकी नीतुले सर्वाधिक १५३ मत प्राप्त गर्न सफल भइन् ।

उपसभापतिका पदकै अर्का विजयी उपेन्द्रले १२१ मत  प्राप्त गरेका  छन्। नेपाली काँग्रेसको नगर सचिवमा जनक पोखरेल ११६ मत र सन्तोष भट्टराई १२६ मत प्राप्त गर्न सफल भइ विजयी भएका छन् । त्यसै गरी सह–सचिवमा विशाल ढकाल १२८ मत  र बद्री विष्ट ११४ मत  प्राप्त गर्न सफल भइ विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा सभापति, दुई जना उपसभापति र दुई जना सचिव गरी ३ पदका लागि ७ जनाको लागि मात्र निर्वाचन भएको थियो । नव निर्वाचित नगर सभापति लिम्बू कोइराला पक्षीय नेता मानिन्छन् ।

निर्वाचित तीन पदका सात जनामध्ये सभापतिसहित चार जना कोइराला पक्षीय विजयी र एक जना उपसभापति तीन जना देउवा पक्षीय निर्वाचित भएका छन् । २ सय ३७ मत भएको बेलबारीमा २ सय ३५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम..." A few seconds ago

सम्बन्धित खवर