एमाले महाधिवेशनमा यस्तो छ खानाको परिकार ! मटन, चिकन बिर्यानी के खाने ? – Satabdi News

एमाले महाधिवेशनमा यस्तो छ खानाको परिकार ! मटन, चिकन बिर्यानी के खाने ?

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ । टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ ।खसी र कुखुराको विभिन्न परिकार हरु समेत रहेको छ। सलादमा मुला,गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ । डेर्जटमा दही जेरी राखिएको छ। एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ ।नेकपा एमालेले विधान महाधिवेशन  ललितपुरको गोदावरीमा जारी छ।

एमालेले पहिलो पटक विधान महाधिवेशन गरेको हो । यसअघि राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउने गरिएको थियो । झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमाले महाधिवेशनमा यस्तो छ खानाको परिकार ! मटन, ..." A few seconds ago

सम्बन्धित खवर