सुन्दरहरैंचा नगरपालिका ८ मा भएको वडा अधिवेशनमा सभापतिमा गोविन्द बहादुर बस्नेत बिजयी l – Satabdi News

सुन्दरहरैंचा नगरपालिका ८ मा भएको वडा अधिवेशनमा सभापतिमा गोविन्द बहादुर बस्नेत बिजयी l

१२ असोज, काठमाडौं। नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत सुन्दरहरैचा नगरपालिका वार्ड न.८ मा गोविन्द बहादुर बस्नेत सहितको समूह भारी मतले बिजयी भएका छन् l उनि ११९ मत ल्याएर बिजयी भएका हुन् l उनका प्रतिद्वन्दी सभापति पद का उमेद्वार प्रेम बहादुर भट्टराईले जम्मा ८७ मत पाएका थिए।
साथै क्षेत्रिय प्रतिनिधि खुल्ला तर्फ गजेन्द्र भट्टराई (गोरख) १३९, मनोज श्रेष्ठ १३४, कृष्ण बहादुर भट्टराई १२४, राजेन्द्र संग्रौला ११८, श्यामकुमार आचार्य १३०, हरिबहादुर पौडेल १२४, खुल्ला महिला तर्फ अनिता देबी सिटौला ११६, मंजुकुमारी फुयल ११४, सुशिला कार्की १३१, खस आर्य खुल्ला कोटा तर्फबाट जनक खत्री १२६र रणमाया थापा ११९ , आदिवासी जनजाति खुल्ला तर्फ गणेशमान लिम्बु ११५, सन्तोष लिम्बु १५१, दलित कोटा तर्फ कुमारी दमाई १२६ मत ल्याएर बिजयी भएका हुन् l त्यसै गरी आदिबासी जनजाती समाबेसी आरक्षण कोटाबाट सरोजकुमार श्रेष्ठ, भुपाल चौधरी र मेनुका श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् l
त्यसैगरी वडा उपसभापतिमा कोमलप्रसाद लुइँटेल १४२, र बेधनिधि पौडेल १११, सचिव पदमा दयासागर आचार्य १३५, र दिनानाथ अधिकारी (दिपेश) १०९, सह-सचिवमा गितादेबी निरौला १२१, र रुद्रबहादुर थापा ११८ मत ल्याएर बिजयी भएका हुन् l

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैंचा नगरपालिका ८ मा भएको वडा अधिवेशनमा ..." A few seconds ago

सम्बन्धित खवर