राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज – Satabdi News

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

११ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णयपछि देउवाले अध्यादेश खारेज गर्न सिफारिस गरेका थिए ।  राष्ट्रपति भण्डारीले सोमबार अबेर अध्यादेश खारेज गरेकी हुन् ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशपछि एमाले र जसपा विभाजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज" A few seconds ago

सम्बन्धित खवर