किरात राई यायोख्खा बेलायतले थाल्यो राईहरुको बृहत एकताको लागि भाषिक संघीय संगाठनात्मक संरचना अभियान – Satabdi News

किरात राई यायोख्खा बेलायतले थाल्यो राईहरुको बृहत एकताको लागि भाषिक संघीय संगाठनात्मक संरचना अभियान

२९ भाद्र, बेलायत। “मौलिकताको जगमा आधारित बृहत एकता, सबै भाषिक किरात राईहरुको समान पहुच र सहभागिता” भन्ने मुल नाराका साथ किरात राई यायोक्खा बेलायतले किरात राईहरुको बृहत् एकताको लागि भाषिक संघीय संगाठनात्मक संरचना अभियान सुरु गरेको छ।

आज बेलायत स्थित ग्रेटर रस्मुरमा एक अन्तरकृया कार्यक्रम गरि सो अभियानको औपचरिक सुरुवात गरिएको साथै यो अभियानलाई बिस्वब्यापीरुपमा लैजाने किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष तथा भाषिक संघिय संरचना अभियानका संयोजक क्या.सुमन चन्द्र राई ज्युले बताउनु भयो।

किरात चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष पुर्खा जगत धन राईको प्रमुख आतिथ्यतामा तथा किरात राई यायोक्खा बेलायतका पुर्ब अध्यक्षहरु रामधन राई ,पदम बहादुर राई,किरात राई विधार्थी संघका केन्दृय अध्यक्ष रामचन्द्र राई लगायतको विशेष आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेपाल आदिबासि चलचित्र महासंघका संस्थापक अध्यक्ष दिपेन राईले राईहरुको बृहत एकताको लागि भाषिक संघिय संगाठनात्मक संरचनाको आवश्यकता र महत्वको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यपत्र प्रस्तुत गर्दै राईले राईहरु बहुभाषिक समुदाय भएकोले जिवित रहेको सबै भषिक राईहरुको सम्मान पहुच र सहभागिता भए मात्रै सबै राईहरुको मुक्ती हुने र राईहरुको अविभावक संस्था किरात राई यायोक्खा जिवन्त रहने बताउनु भयो।

तेस्तै गरि किरात राई बिधार्थी संघका केन्दृय अध्यक्ष रामचन्द्र राईले किरात राई यायोक्खा बेलायतको यो अभियान समय सान्दर्भिक र ऐतिहासिक भएको बताउदै यो अभियान धेरै पहिलेनै सुरु हुनु पर्नेमा किरात राई यायोक्खा बेलायतले औपचारिक सुरुवात गरेकोमा खुसी ब्यक्त गर्दै अभियानको सराहना गर्नु भयो। यो अभियानको बारेमा नेपालमा धेरै अगाडिनै कुरा उठे पनि अभियानकै आकार लिन नसकेको बताउदै यो अभियानले सबै राईहरुलाई एक ठाउमा जोड्ने बिस्वास ब्यक्त गर्नु भयो। राईहरु बहुभाषिक बिबिधतायुक्त समुदाय भएकोले सबै भाषिक राईहरुको भाषिक जनसङ्ख्याको आधारमा सबै भाषिक राईहरुको समानुपातिक तथा समाबेसी प्रतिनिधित्व र पहुच भएमा मात्रै राईहरुको एकता बाच्ने बताउनु भयो। पछिल्लो समय नेपालमा उत्पिडित समुदायहरु पहिचानको लागि संघर्ष गरिरहेको बताउदै राई भित्र पनि आफ्नो भाषिक पहिचान र प्रतिनिधित्वको लागि धेरै अगाडि देखि आवाजहरु उठ्न थालेको तर किरात राई यायोक्खा यो विषयमा गम्भीर नबन्दा धेरै भाषिक राईहरु छुट्टै जातिको रुपमा स्थापित हुन सुचिकरण अभियानमा लागेको र धेरै भाषिक राईहरुले छुट्टै जातिको कोड समेत प्राप्त गरेको बताउदै यो दुखद भएको बताउनु भयो।

छुट्टै राज्य सन्चालन गर्न सक्ने सङ्ख्यामा रहेको राईहरु आफ्नो भाषिक पहिचानकै लागि छिन्न भिन्न भैरहेको बताउदै यस्लाई रोक्न सबै भाषिक राईहरुको समान सहभागिता र पहुच बिस्तार गर्न किरात राई यायोक्खाको ध्यानकर्षण समेत गराउनु भयो।

तेस्तै गरि किरात राई यायोक्खा बेलायतका निबर्तमान अध्यक्ष पदम बहादुर राईले राईहरुको एकताको लागि भाषिक संघीयता अनिबार्य लागू गर्नु पर्ने बताउदै लामो समय देखि आठपहरिया,याम्फु,कुलुङ,लोहोरुङ,मेवाहाङ लगायका भाषीक राईहरुले किरात राई यायोक्खा जस्तो जिम्मेवार सस्था उतरदायी बन्न नसक्दा छुट्टै जातिको रुपमा सुचिकृत हुँदै गैइरहेको बताउनु भयो।

तेस्तै किरात राई यायोक्खा बेलायतका पुर्ब अध्यक्ष रामधन राईले किरात राई यायोक्खा बेलायतले सुरु गरेको यो अभियान सबै भाषिक राईहरुलाई एकताको सुत्रमा बाध्ने कोषेढुङा साबित हुने बताउनु भयो। राईहरुमा भाषिक बिबिधता रहेको र यो बिबिधताको मर्मलाई सहि ढंगले किरात राई यायोक्खाले सम्बोधन नगरे किरात राईहरु र किरात राई यायोक्खा गम्भीर दुर्घटनामा पर्न सक्ने बताउनु भयो।

तेस्तै किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष चन्द्र बहादुर राईले राईहरु इन्द्रेणि समाज भएको बताउदै सबै राईहरुको सहअस्तित्व र सम्मान पहुच अहिलेको निर्बिकल्प आवश्यकता भएको बताउनु भयो। राष्टृय जनगणना अनुसार राईहरुको सङख्या दिनानु दिन बढ्नु पर्नेमा घटिरहेको बताउदै यो हुनुमा राईहरुको अगुवाहरुले सबै भाषिक राईहरुको समान सहभागिता र पहुच बिस्तार गर्न नसक्नुनै रहेको बताउनु भयो।

कार्यक्रममा प्रमुख अतिथी किरात चाम्लिङ राई खाम्बातिमका संस्थापक अध्यक्ष पुर्खा जगतधन राईले राईहरुलाई एकताको एकसुत्रमा बाध्नु आजको प्रमुख आवश्यक्ता भएको बताउदै किरात राई यायोक्खा बेलायतको यो अभियानले सबै राईहरुलाई जोड्ने र राईहरुले खोजेको सामाजिक न्याय,समानता र अधिकार प्राप्त गर्ने बताउनु भयो।

उक्त कार्यक्रमलाई किरात राई यायोक्खा बेलायतका महासचिव चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राइले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्षहरु मेजर दिल कुमार राई,जितेन साम्पाङ राई,निलम राई, सहकोषाध्यक्षद्वय डा. महा राई र सावित्री राई र सचिव अनिता राईले सहजीकरण गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई यायोख्खा बेलायतले थाल्यो राईहरुको बृह..." A few seconds ago

सम्बन्धित खवर