सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने – Satabdi News

सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने

२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ ।

आज (सोमबार) बोलाएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको हो ।

सभामुख सापकोटाले बोलाएको बैठकमा एमालेको सहभागिता नहुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले संसद्मा प्रतिनिधित्व गर्ने दललाई सर्वदलीय बैठकमा बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने" A few seconds ago

सम्बन्धित खवर