आज–२८ भाद्र २०७८ सोमबारको राशिफल – Satabdi News

आज–२८ भाद्र २०७८ सोमबारको राशिफल

मेष । आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।

वृष । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मिथुन । कुनै नकुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।

कर्कट । रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह । आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

कन्या । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

तुला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।

वृश्चिक । आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

धनु । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

मकर । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ । आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपीन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

मीन । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज–२८ भाद्र २०७८ सोमबारको राशिफल" A few seconds ago

सम्बन्धित खवर