१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ – Satabdi News

१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

१५ साउन २०७८, शुक्रबार । पछिल्लो साता विश्वभर कोरोनाभाइरस संक्रमितहरूको संख्या बढ्दै गएको छ । १७ देखि २५ जुलाईसम्मको तथ्यांकअनुसार यो अवधिमा आठ प्रतिशत संक्रमित वृद्धि भएको अधिकारीहरूको भनाइ छ । यो साता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रूपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमित बढेको जनाएको छ । पछिल्लो साता दैनिक विश्वभर पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लुएचओको भनाइ छ ।

यसैगरी अघिल्लो साताको तुलनामा गत साता मृत्यु भएकाहरूको संख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । यस्तै अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको डब्लुएचओको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ" A few seconds ago

सम्बन्धित खवर