कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु – Satabdi News

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

२१ वैशाख,विराटनगर। कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा मंगलबार मृत्यु भएको छ ।
हाल विराटनगर–१३ मा बसोबास गर्दै आएका खड्का महानगरपालिकामा १५ बर्षदेखि कार्यरत रहेको महानगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरक..." A few seconds ago

सम्बन्धित खवर