सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई प्रदान – Satabdi News

सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई प्रदान

 

१९ वैशाख २०७८,  काठमाडौं । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाई प्रदान गरेको छ ।

सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई रूपैयाँ एक लाख सहित ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’ बाट सम्मानित गरेको हो ।

इन्टरनेट सेवाका विस्तार तथा आइसिटी क्षेत्रको प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको भन्दै पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पराजुली सुविसु केवल नेटका सञ्चालक हुन । इन्टरनेटसँगै केवल टेलिभिजन प्रदान कम्पनी सुविसु पहिलो सेवा प्रदायक पनि हो । नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीति निर्माण गर्न पराजुलीको महत्वपूर्ण योगदान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२..." A few seconds ago

सम्बन्धित खवर