नेता हेमराज राईको कबिता; धुम्म छ – Satabdi News

नेता हेमराज राईको कबिता; धुम्म छ

हेमराज राई

दिन त दिन नै छ
तर, उज्यालाे पातलाे छ
टाढा देख्न गाह्राे छ
दिन धुम्म छ ।

माथि बादल छ
वरिपरि हुस्सु छ, कुहिराे छ
सिमसिम वर्षा छ
र, जाडाे फैलेकाे छ
चुपचाप झैं छ
केही डम्फु भने सुनिदै छ ।

मान्छे न्यानाे खाेज्दैछ
र, वर पर पनि गर्दैछ
मान्छे उज्यालाे खाेज्दैछ
र, ठासठुस ठासठुस पनि गर्दैछ
धुम्मेकाे दिन कति पर जाला र
भन्दै अडकल पनि गर्दैछ
सिमसिम बर्षाले भने
फैलेकाे जाडाेले भने
डम्फुमै मजा दिंदैछ ।

कतिञ्जेल मान्छे डम्फु एकाेहाेराे सुनी रहन्छन् र ?
कतिञ्जेल मान्छे चुपचाप रहि रहन्छन् र ?
धेर रहन्न नै धुम्मएर दिन
भिज्दै र चिसिएर दिन
अनि हुस्सु र कुहिराे फाटेर
धेरै हिंड्नेछन आफ्नै बाटाे टाढासम्म हेर्दै
उज्यालिएकाे दिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेता हेमराज राईको कबिता; धुम्म छ" A few seconds ago

सम्बन्धित खवर