समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं – Satabdi News

समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं

काठमाडौं । होली पर्व मनाउन भारतको हैदरावादबाट घर फर्किएका जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि २६ चैतमा एड्भान्स अस्पताल भर्ना भए । खोकी लाग्नुका साथै ज्वरो आएकाले पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो । नारायण अस्पताल रिफर भएका उनको उनको दुवै फोक्सोमा कोभिड निमोनिया देखियो । उपचारका क्रममा उनलेको मंगलबार विहान मृत्यु भएको छ ।

नयाँ दिल्ली छोरालाई भेटेर फर्किएका वीरगञ्ज-३ प्रगतिनगरका ६२ वर्षीय बृद्धलाई पनि खोकी लाग्नुका साथै ज्वरो आयो । श्वासप्रश्वासमा समस्या देखियो । श्वास प्रश्वासमा समस्या देखिएपछि २९ चैतमा अस्पताल पुगेका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनको पनि मंगलबार मृत्यु भयो ।

पर्साको कालिकामाई गाउँपालिका-२ का ५५ वर्षीय पुरूषको पनि उपचारको क्रममा ३० चैत २०७७ चैत भरतपुर अस्पतालमा मृत्यु भयो । कडा निमोनिया देखिएपछि उनलाई वीरगञ्जबाट भरतपुर रिफर गरिएको थियो ।

कोरोना संक्रमणबाटै बिहीबार वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको छ । मोटोपनको समस्याबाट पीडित उनलाई ज्वरो आउनुका साथै पखाला लागेको थियो । २९ चैतमा नारायणी अस्पताल पुगेकी उनको पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो र होम आइसोलेसनमा बसिन् । सास फेर्न गाह्रो भएपछि ३१ चैतमा फेरि अस्पताल पुगेकी उनको उपचारका क्रममा मृत्यु भयो ।

लकडाउन गर्न चिकित्सकको सुझाव

पछिल्लो ४ दिनमा बारा र पर्साका ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमै ज्यान गुमाएका तीन जनामा कडा खालको निमोनिया देखियो । चिकित्सकका अनुसार निमोनिया पहिलाको भन्दा जटिल खालको छ र संक्रमितलाई उच्च मात्रामा अक्सिजन दिँदा पनि गाह्रो भएको छ ।

नारायणी अस्पतालका डा. निरज सिंह १० सिलिण्डर अक्सिजन लगाउँदा समेत संक्रमितलाई बचाउन नसकिएको बताउँछन् । कुनै ट्राभल हिस्ट्री नदेखिएका, तर परिवार पुरै संक्रमित भएकाल समुदायमै संक्रमण फैलिएको उनको ठहर छ । ‘तीव्र गतिमा संक्रमण फैलिएको छ । संक्रमित ५/७ दिन बाहिरै अलमलिएर बस्ने गरेका छन् । अस्पताल आइपुग्दा पुरै फोक्सो बिग्रिसकेको हुन्छ । कोरोनाविरुद्ध पुनः एकपटक गम्भीर रुपमा लाग्नुपर्ने देखिन्छ’ डा. सिंहले भने ।

दैनिक भेटिएका नयाँ संक्रमितको संख्याले पनि त्यही संकेत गर्छ । ०७७ चैत २४ गते १३ जना, २५ गते १५ जना, २७ गते ९८ जना, २७ गते १५ जना, २९ गते २८ जना, ३० गते ४० जना र चैत ३१ गते २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं" A few seconds ago

सम्बन्धित खवर