सन्दीप अधिकारी
न त नयाँ न त पुरानो,
छ यो सधैं अधुरो।
कुरा रुचाउँछ गन्तब्यको,
पुर्याउँछ घर खुसीको।।
नाटक हुन्छ ठाउँठाउँमा,
खाल्डो आइपुगे समयसमयमा।
न अल्झि पुग्छु म आफ्नो लक्ष्य,
सत्य र न्यायको दिँदै पक्ष।।
तिमी छौ र त गन्तब्य सजिलो छ,
तिमी न भए अल्झिन्थे होला।
दिशा देखायौ र त सही मार्ग छ,
नत्र पुग्थे सैतानको घर नेर।।
सन्तुष्ट छु म बाटोमा न विसाउँदा,
नयाँ र नौलो भेषभुषा सँग रमाउँदा।
खेल पवित्र त्यो ठाउँ पुग्ने रहरको,
खुल्नेछ खुसी यो मेरो मनको।।