' बारपाकलाई एक पुस्तक ' अभियानलाई एकमुष्ठ २० थान पुस्तक सहयोग – Satabdi News

‘ बारपाकलाई एक पुस्तक ‘ अभियानलाई एकमुष्ठ २० थान पुस्तक सहयोग

बेलबारी। बेलबारी मोरंगका समाजसेवी, बौद्धिक ब्यक्तित्व रविन गुरुङले बारपाकलाई एक पुस्तक अभियान लाई एकमुष्ठ २० थान पुस्तक सहयोग गर्नु भएको छ। जसमध्ये प्रदिप राई ज्यु बाट १८ थान त्यस्तै नारायणभक्त राई ज्यु र बादल चाम्लिङ ज्यु बाट आफ्नै पुस्तक १/१ थान गरी जम्मा २० थान पुस्तक सहयोग प्राप्त भएको हो। ‘बारपाकी पुर्ब विध्यार्थी समाज’ बारपाक द्वारा यस अभियान चलाएका हुन।

यस अभियान का अध्यक्ष नेम राज घले हुन् भने सचिब तेज बहादुर गुरुङ हुन्। यस अभियान का सचिब तेज बहादुर गुरुङले सहयोग र समन्वय गरिदिनु हुने मोरङ निवासी पत्रकार, लेखक, अनुसन्धानकर्ता नारायणभक्त राई, लेखक बादल चाम्लिङ र सामजसेवी एवं बौद्धिक ब्यक्तित्व रविन गुरुङलाई अभियानको तर्फबाट हार्दिक धन्यवाद दिनु भयो। यस अभियानमा जोडिन सहयोगी हरुलाई अपिल पनि गर्नु भयो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘ बारपाकलाई एक पुस्तक ‘ अभियानलाई ए..." A few seconds ago

सम्बन्धित खवर