मिलन राई
जति होसीयारीले बाँच एउटा
सम्झनाले खेद्छ तिमीलाई
जति भाग्छौ जिन्दगीमा एउटा
यादले रेट्छ तिमीलाई।
जन्म र मृत्युबिचको दुरी काट्न त्यति सजिलो कहाँ हुन्छ
जति जित्ने रहर पाल्छौँ उतिनै हारले भेट्छ तिमीलाई।
सारा जीवन सत्मार्गमा लगाएर आफ्नो परिचय बनायौ तर
जति सार्थकता पाएता पनि एउटै भुल्ले मेट्छ तिमीलाई।

 
                     
	          
	            
	             
                     
                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        

 
                    