'आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने ' नेत्रविक्रम चन्द 'विप्लव' ! – Satabdi News

‘आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने ‘ नेत्रविक्रम चन्द ‘विप्लव’ !

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।

सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए ।

‘हामी खुला हुनुपर्छ । हामी खुला छौं । हामी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छौं,’ विप्लवले भने, ‘तर हामी यहीँ पनि भन्छौं, कसैले हामीलाई हस्ताक्षेप गर्‍यो भने, कुनै विदेशीले हामीलाई हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर हामी झुक्ने छैनौं । हाम्रो यो प्रतिबद्धता छ ।’

उनले छिट्टै साथीहरूसँग खुला आकाशमा मिलन हुने भन्दै खुशी पनि व्यक्त गरे ।

‘अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि हुनुहुन्छ । कमरेड कञ्चन छुटेर संयोगले यहाँ आउनुभएको छ । म उहाँलाई स्वागत पनि गर्न चाहन्छु,’ विप्लवले भने, ‘हाम्रा साथीहरू छुट्नुहुनेछ, अनि हामी मुक्त आकाशमा मिलन हुनेछौं । यसबाट सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले जिम्मेवारी पूरा गरेको महशुस भएको छ ।’

करीब ३ वर्षको भूमिगत राजनीतिपछि विप्लव शुक्रवारबाट शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको..." A few seconds ago

सम्बन्धित खवर