देशका सारथी – Satabdi News

देशका सारथी

कविता–देशका सारथी

सके धुर्तले देश जम्मै चपाए
थियो शान्ति थोरै त्यही नै पो धपाए।

छ कुर्सी र पैसा प्यारो छ नाता
यही स्वार्थको होड्मा मन फटाए।

चिरा पार्नु भन्छन् चिरी यो देशलाई
र सिङ्गो देश बिगारी नरकमै पो पठाए।

रुवाए सहिदका रगतमा रमाए
थिए घाइते आँसु नै पो चटाए।

हिजो सम्म खान्थे कसम यी सहिदका
तुरुन्तै भुलेछ्न र फिर्ता पो पठाए।

छ डामै सुकुलमा दुखैले सुतेको
चुसे देश र डस्ना सुनैका छ्पाए।

(अप्सरा निरौला सुकुना बहुमुखी क्याम्पसका विद्यार्थी हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "देशका सारथी" A few seconds ago

सम्बन्धित खवर