सामाजिक अभियन्ता धिरज साह र रिंकु साहले गरे आदर्श बिवाह!!! – Satabdi News

सामाजिक अभियन्ता धिरज साह र रिंकु साहले गरे आदर्श बिवाह!!!

राजु कुमार महतो
माघ १०, महोत्तरी । तराई-मधेसमा दाईजोको कुरा गरेर साध्य छैन । झन हुनेखाने र पढेलेखेको भएपछि त १०-१५ लाख दाईजो सामान्य छ ।

तराई-मधेसमा दाइजोकै कारण कतिपय छोरीचेलीले ज्यानै गुमाएको समाचार नसुन्ने सायदै होला । अनि दाइजोकै कारण छोरीचेलीहरूले यातना भोगिरहेको कुरा त सामान्य भइहाल्यो नै ।

तर पछिल्लो समय समाजमा केहि परिवर्तनको आश पलाएको छ । दाइजो जस्ता कुरीति, कुसंस्कृतिविरूद्धको अभियानमा लाग्नेहरू पनि थपिदैं गएका छन् । शिक्षित युवायुवतीहरू सामाजिक कुरीति, बेथीति हटाउन आदर्श विवाह गर्न थालेका छन् ।

यसैक्रममा समाजसेवि, बहुप्रतिभाका धनि तथा बालविवाह बिरुद्धको अभियन्ता धिरज साह ज्यु’ले आदर्श विवाह गरेका छन् । महोत्तरीको गौशला नगरपालिका-५ का राम बिलाश साहले आफ्नो छोरा धिरज साह को विवाह आदर्श गरेका हुन् ।

तराई मधेशमा दाइजो प्रथाले व्यापक चर्चा पाइरहेको बेला धिरजले दुधौली,सिन्धुलि का शुसिला साहकी छोरी रिंकु कुमारी साह संग शुक्रवार वैवाहिक बन्धनमा बांधिएका हुन् । विवाहमा बेहुला बेहुलीका परिवार तथा आफन्तकासाथै समाजिक अभियन्ता, कलाकार तथा महोत्तरी युवा सन्जाल को सदस्यहरु सहभागी थिए ।

आदर्श विवाह गरेर साहले समाजमा चौतर्फी प्रशंसा बटुली रहेका छन् । धिरज साह महोत्तरी युवा सन्जालको संस्थापक कार्यकारी सदस्य हुनुहुन्छ। यस शुभ घरीमा साह दम्पतिलाई सुखद दाम्पतिय जिवनको सुभकामनाका साथ दहेज बिरुद्धको यश लडाईमा आदर्श बिवाह गरि अझ योगदन गरेकोमा महोत्तरी युवा सन्जाल सम्पुर्ण परिवार द्वारा धन्यबाद ब्यक्त गरियो।

साथै दहेज बिरुद्धको लडाईमा आ-आफ्नो छोरा-छोरीको आदर्श बिवह गरि एउटा उदाहरणिया कदम चाल्नु भएकोमा गौशला निवाशी बुवा राम बिलाश साह ,छोरा धिरज साह(बेहुला), बेहुली रिंकु कुमारी साह तथा बेहुलिकी आमा सुशिला साह लाई महोत्तरी युवा सन्जाल का कोषाध्यक्ष रबिन्द्र कुश्वाहा द्वारा कदरपत्र द्वारा सम्मान पनि गरिएको छ।

साह दम्पतीलाई देखेर चाडै नै मधेशमा दहेजमुक्त समाजको निर्माण हुने अन्दाजा सहाजै लगाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सामाजिक अभियन्ता धिरज साह र रिंकु साहले गरे आदर..." A few seconds ago

सम्बन्धित खवर