अख्तियार प्रमुखमा प्रेमकुमार राई – Satabdi News

अख्तियार प्रमुखमा प्रेमकुमार राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दिएका छन् ।

‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर राईको नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ।’
सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो। अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओली निकट मानिन्छन्। उनले झन्डै एक वर्षअघि गृहसचिवबाट अवकाश पाएका थिए। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अख्तियार प्रमुखमा प्रेमकुमार राई" A few seconds ago

सम्बन्धित खवर