जनताको पक्षमा उभिन्दै जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशै भत्ता नलिने निर्णय – Satabdi News

जनताको पक्षमा उभिन्दै जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशै भत्ता नलिने निर्णय

कात्तिक ४, काठमाडौ । जनता समाजवादी पार्टीको काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका सबै सांसदहरुले दशैं भत्ता नलिने निर्णय गरेको छ ।

बैठकले दशैं भत्ता खारेज नगरे सबै जसपा सांसदले दशैं भत्ता नलिने निर्णय गरेका हुन् । बैठकमा दशैं भत्ता खारेज र कोभिड-१९ पीडितलाई राहत दिन माग गरेको छ ।

हिजो सोमबारबाट सुरु भएको बैठक आज मंगलबारसम्म जारी रहनेछ । बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो ।

पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । जसपाको केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । त्यस्तै, राजेन्द्र महतो, अशोक कुमार राई, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनताको पक्षमा उभिन्दै जसपाको केन्द्रीय कार्यकार..." A few seconds ago

सम्बन्धित खवर