वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद – Satabdi News

वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद

कार्तिक २, काठमाडौ । वीरगञ्जबाट प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । शनिबार वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्ल्याट नम्बर ३०३ मा खानतलासी गर्दामा प्रहरीले २३ किलो बढी सुन बरामद गरेको हो ।

जसमा १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन वैध वा अवैध के हो यसबारेमा खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ ..." A few seconds ago

सम्बन्धित खवर