किरण सिवा
मलाई तिम्रो याद आउदैन
तिमी सङ्ग बिताएका हरेक पलहरु यादै छैन
मलाई त यो पनि याद छैन कि
ठिक त्यही बर्षातको मौसममा तिमी संगको पहिलो भेट ,
अहं याद त छदैछैन
तिम्रो नजरको तलाउबाट प्रेमको पहिलो घुट्की अमृत बनेर म भित्र समाएको
यी
मेरा छाल परेका हत्केलामा
तिम्रो कोमल औलाहरुले स्पर्श गर्दा
यो दिल कस्तरी पहिलो पटक जोर जोर धकधकाएको
मलाई त यो पनि याद छैन
थहा छ
हावाको सर्सराहटमा तिम्रो पछ्यौरीले मेरो अनुहार छोपिदिदा
एक जुनि बाचिदिन्थे तिम्रो पछ्यौरीको साम्राज्यमा
कसो बिर्सिगए
बिर्सि पो गएछु
आँखा बन्द गर्न लागाएर तिमिले
झुक्याएर एकैछिन गायब भएकी थियौ
तेति बेला मृत्युको आभास एकै पलमा महसुस गरेको थिए
आज भुलेछु त्यो महसुस जिन्दगीभरको लागि रहेछ
अरे
मैले त यो पनि पो भुलिगएछु
कि तिमिले कत्ति मायाले दिएको गुलाफ
मेरो डायरिको एक कुनामा ओईलिएर बसेको छ
सायद तिम्रो आगमनको पर्खाईमा
मेरो जस्तै प्रेममा ,
फेरि फुल्ने आश गरिहदो हो गुलाफले पनि
सुनन प्रीय
मलाई तिम्रो यादै त आउदैन
तिमी मान या नमान
म तिमिलाई अझै पनि प्रेम गर्दै गर्दिन । ।