गीतको सौन्दर्य चेत...!! – Satabdi News

गीतको सौन्दर्य चेत…!!

बिमन किराती

‘हामीले हिमाल उठायौ एसियाको माझमा!’
पढ्दा सुन्दा मन साह्रै उद्वेलित हून्छ।
गर्वले छाती फुल्छ ,अहो!हो जस्तै लाग्छ।
तर
थोरै गुनेर ल्याउदा
हामीले हाम्रै ज्ञानचेत लाई
हामीले नै गिज्याएर पानि पानि पारे जस्तै लाग्छ।
जस्तो कि हिमाल सम्म पुग्ने
सुविधा युक्त बाटो बनाउन नसक्ने हामी
कसरी हिमाल उठान सकौला!??

..अझै हामी लय लगाएर
पढाई रहेछौ नानिहरू लाई..
हामीले हिमाल उठायौ….रे…??

‘देस ले रगत मागे मलाई बलि चढाउनू’
यै गितको आत्मबोधि सम्मोहन मा परेर
नाईके को छलि नियतको कपट चाल नबूझेर
कथित क्रान्ति का बलिवेदिमा कति युवाहरू
गुमनाम शहिद बन्नु परि रहेछ।
यता लम्पट युद्द सरदाहरू
एकाएक
सडक देखि सत्ता पुग्ने खुट्किलो यै गित हरू लाई
बनाई रहेछन् ।

‘हुदैन बिहान दूई चार तारा झरेर नगए’

यो गित लाई सत्ताको जमानीहरूले
यसरी आलाप लगाउछन् कि:
हामी यै गितको रागमा
सदालाई झर्न तयार रहन्छौ
अपितु झर्नु पर्ने कारण खोज्दै,खोज्दैनौ ।

गित त अझै पनि गाउनू नै छ…..
“हामीले हिमाल सिगार्यौ एसियाको माझमा”
“बन्दैन देस २/४ लोण्डुप मरेर नगए”
“देसले पसिना मागे म दिन रात दिन तयार छु”।

लेख्नुहोस दाजू पुस्ता:
भुपाल राई,श्रवण मुकारूङ,राजन मुकारूङ
लगायत ..हरू
जो लेखि रहनुभएको छ सिमान्त सौन्दर्य ।
आउने पुस्ताले जरूर थाम्ने छ
तपाईहरूले बोकेको गितको झन्डा ।

पुग्ने छ जरूर एकदिन
तपाईहरूका गितको चेतमा लपेटिएको
उज्यालो बिहानी सम्म।

किन कि ;
हाम्रा हजारौ तारा हरू
बेपतासँग झरेका छन्
मलायाको जङ्गलमा,काश्मिरको डॉडामा
फोक्लिनको टापुमा ,अरबको बालुवामा
देस भित्र देस बाहिर
या
२००७,४६,६२/६३ आदि इत्यादि ल्याउनमा।

गित त अझै पनि गाउनू नै छ।

गितको आकासमा
दु:ख छ,पिडा छ,अभाव छ,भेदभाव र छ थिचोमिचो ।
छ!भन्ने रोदनहरू त गुन्जि रहेकै छन्।
यस्ता गितहरूमा हामी हाम्रो भोगाईको त
फूलबूट्टा भरेर उतारी रहेकै छौ:
तर
जब सम्म हामीले गितहरूमा
यी सब हुनुका कारणहरू गाउदैन ।
तब सम्म हामी हाम्रो भोगाईमा परिवर्तन पाउदैनौ।
जब सम्म हामी मुक्तिको गित जोड़ जोड घन्काउदैनौ ।
तब सम्म हाम्रा कारूणिक गित हरू सासक लाई लोरी
लागि रहनेछन्।

चटपटे झै जोड्जाड् चोरचार गरिएका
भाईरल गितहरू
निरासा,पिडा,धोकाधडि बोकेका
रुन्चे गितहरू
दुईअर्थि शब्द मिसाएईका
उच्छृंखल हिट गितहरू
गितको बाढिमा
हे! युवा तपाई कुन गित गुनगुनाउदै हुनुहून्छ यस बखत।

गित त अझै पनि गाउनू नै छ….
जस्तो कि ;

‘आमा दिदि बैनि हो
कति बस्छौ दासी भैई
शु:ख सधै प्यासी बनेर??’

गाऊ बाट उठ बस्ती बस्ती बाट उठ..!!

‘रातो भाले चमेली घुरीमा करायो
गरिबको चमेली निसाफै हरायो’

‘यो तिम्रै माटो हो तिमीले टेकेको
यो तिम्रै आकाश हो तिमीले ओढेको’

मान्छे,मान्छे एउटै हो फरक किन भो
श्रम चल्छ शिप चल्छ पानी नचल्ने भो?’

गित त अझै पनि गाउनू नै छ….
जस्तो कि
मलाई अमेरीका यै मलाई जापान पनि यै….

हामी गाउने गित को गर्भमा
कम्तिमा शासकको भक्तिगान हुनुहुन्न अब।
हामीले लेख्ने गितको भावमा
कम्तिमा विलोनाका खिट्का मात्रै हुनुहुन्न अब।

हामीले गाऊने गित
मान्छे,मान्छे बिचको विभेदको भेद उखेल्ने हुनु पर्छ अब
हामीले कथ्ने गित
जिवन र श्रम संग को मित लाऊने हुनु पर्छ अब ।
जो गितको आदिम सौन्दर्यशास्त्र पनि हो।

गित त अझै पनि गाउनू नै छ…
यहॉ बाट उता;
हामीले गाउने गित
बेतिथि को आधिबेहोरी छेक्ने
अटल पहाड जस्तो प्रतिरोधी हुनु पर्छ ।

अब गितहरूले देसको मनमा
ख़ुशी को रोशनी ल्याउनु पर्छ ।
अब गितहरूले देसको मुहारमा ।
समाताको बिहानी खुलाउनु पर्छ ।

(किराती हाल जापानमा अध्ययनरत हुनु हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर