यसपालीको दशैँ आयोे – Satabdi News

यसपालीको दशैँ आयोे


पुर्ण बहादुर बस्नेत

मोबाइलको घण्टी बज्यो मैले भने बुबा दर्शन्
परबाट आमाको स्वर सुनियो यिनीहरु किन यस्तो गर्छन्

वर्षदिनमा एकपटक अनुहार देखाउन पनि यति गाहे कैले आउँछौ तिमीहरु
विदेशबाट मान्छेहरु घरगाउँ आइसके बरु
केही गर्न सकिन्न हेर् हामी बुढा भइसक्यौँ तेरै छ भर
पैसा छैन मोबाइलमा ल तेरी आमासंग कुरा गर

आमालाई मोबाइल दिदै बाबाले भन्नुभो
खै मलाई दे बाबु
दर्शन आमा भने मैले आमाले भन्नुभो
भाग्यमानी भएस् बाबु
आमाले सोध्नुभो के गछौ सब ठिकठाक छ नी त्यहाँ
मैले भने ठिक छ आमा खास नयाँ नौलो केही छैन यहाँ

मलिन स्वरमा आमाले भन्नुभो तिमीहरु आउँदैनौ
वर्षदिनको चाडमा पनि
खोजिरहनुपर्ने तिमीहरुलाई सोधीरहनुपर्ने कैले आउँछौ भनि
हुन्छ आमा हामी सल्लाह गछौँ भनेको के थिए फोन त काटिएछ
कल व्याक गर्न मोबाइलको कि थिच्न थाँले आँखाबाट आँशु त्यसै आयो
छोराले पछाडीबाट कोट्याउँदै भन्यो बाबा यसपालीको दशैँ आयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "यसपालीको दशैँ आयोे" A few seconds ago

सम्बन्धित खवर