मिलन राई
मनभरी पीडा, भय लिई बाँचु म कसरी
जिन्दगी नै भयो अनिश्चित म भनु कसरी
कहाँ बाट थपियो बिपत्ति शुन्य भयो सोच
छताछुल्ल सपना बोकि गन्तव्य म पुग्नु कसरी
निको, मीठो देख्दै छुईन मेरो आउने दिनहरु
बिहानी संगै शुभसोच आउने म हुनु कसरी
भन्नुलाई भनौला के छ र ! मरि लानु
तर यो रंगिन दुनियाँ म छुनु कसरी