सनसिटीका कोरोना संक्रमित ५२ बर्षे बुहारीको रिपोर्ट नेगेटिभ – Satabdi News

सनसिटीका कोरोना संक्रमित ५२ बर्षे बुहारीको रिपोर्ट नेगेटिभ

बैशाख ३, काठमाडौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको स्वास्थ मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।

तर र्‍यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

उनकाअनुसार सनसिटीमा बसोबास गर्ने १९६ जनाको बुधबार नै र्‍यापिड टेष्ट गरिएको छ र उनीहरु सबैको नजिता नेगेटिभ आएको छ । संक्रमित परिवारमा काम गर्नेहरुको पीसीआर विधिबाट पनि परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सनसिटीका कोरोना संक्रमित ५२ बर्षे बुहारीको रिपो..." A few seconds ago

सम्बन्धित खवर