अत्यावश्यक बाहिर जानको लागी ई-पासको आजदेखी शुरूवात – Satabdi News

अत्यावश्यक बाहिर जानको लागी ई-पासको आजदेखी शुरूवात

बैशाख ३, काठमाडौ । लम्बिदै गरेको लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनको लागि ई-पासको व्यवस्था गरेको छ । खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक कामको लागि अनलाइन मार्फत नै विवरण भरेर ई-पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।

यसरी व्यवस्था गरिएको प्रावधानका आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्ने मन्त्रालयले जनाएको छ । यो प्रणाली मंगलबारदेखि शुरु हुने गृह मन्त्रालयले सोमबार आयोजित कार्यक्रममार्फत जानकारी दिएको छ।

गृहमन्त्रालयले ईपास को लागि अलग्गै पोर्टलको विकास गरेको छ। यो https://epass.moha.gov.np/ डोमेनको पोर्टलमा गएर सोधिएका विवरण फर्ममा भरेर वेबसाइटमार्फत पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अत्यावश्यक बाहिर जानको लागी ई-पासको आजदेखी शुरूवात" A few seconds ago

सम्बन्धित खवर