कोरोना नियन्त्रणको लागी सर्वपक्षीय साझा धारणा र योजना बनाउनु पर्ने; समाजबादी पार्टी अध्यक्ष उपेन्द्र यादब – Satabdi News

कोरोना नियन्त्रणको लागी सर्वपक्षीय साझा धारणा र योजना बनाउनु पर्ने; समाजबादी पार्टी अध्यक्ष उपेन्द्र यादब

चैत ३०, बेलबारी । बिगत ३ महिना भन्दा अगाडी चीनको बुहान शहरदेखी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बिश्व नै आंकतिक भएको छ । यतिखेर मानव जाति माथि नै चुनौती बनेर फैलिएको नोबल कोरोना भाईरसको महामारीलाई नियन्त्रणका लागि सर्वपक्षीय साझा धारणा र योजना बनाई सरकारले निम्न कार्यहरू यथाशीघ्र गर्नु गर्नु पर्ने समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले बताउनु भएको छ ।

१. अत्यावश्यक औषधि, खाद्यान्न, चिकित्सक तथा स्वास्थ्यकर्मी आदिलाई प्रभावकारी रूपमा व्यवहारतः परिचालन गर्नुपर्छ ।

२. सातवटै प्रदेशमा राष्ट्रियस्तरको स्वास्थ्य प्रयोगशाला, प्रविधियुक्त प्रशिक्षण केन्द्र एवं विशिष्ट सेवा, सुविधा सहितको अस्पतालको काम गर्नुपर्छ ।

३.लकडाउनको समयमा किसानको खेतवारीमा गहुँ पाकेर पहेंलपुर हुनुको साथै छिट्टै नष्ट हुने गहुँ वालीको संकलन एवं संरक्षण तथा दैनिक अत्यावश्यकीय वस्तुहरू दूध, फलफूल, तरकारीलगायतको आपूर्ति प्रभावित भएको छ । अति अत्यावश्यकीय दैनिक उपभोग्यका वस्तुहरू यथाशीघ्र आपूर्ति गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना नियन्त्रणको लागी सर्वपक्षीय साझा धारणा र..." A few seconds ago

सम्बन्धित खवर