आदिवासी जनजाती महासंघ बेलाबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा ५० हजार सहयोग – Satabdi News

आदिवासी जनजाती महासंघ बेलाबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा ५० हजार सहयोग

चैत ३०, बेलबारी । आदिवासी जनजाती महासंघ नगर समन्वय समिती बेलबारीले नगरपालिकाको विपत्त ब्यबस्थापन कोषका लागि नगद ५०००० हजार रुपैया प्रदान गरेका छन ।

महासंघ बेलबारीका अध्यक्ष तिलक राई र सचिव मनकुमार गुरुङ, कोषाध्यक्ष गंगाा श्रेष्ठ सहितको टोलिले उक्त रकम बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन ।

यस्तै आइतबार उद्योग बाणिज्य संघ बेलबारीले १ हजार किलो चामल बिपत्त कोषमा जम्मा गरेका छन । लकडाउनमा दैनिक ज्यालामजदुरी गरेर जीबिर्को पार्जन गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको उद्योग वाणिज्य संघ बेलबारीले जनाएको छ ।

यो विपदको घडीमा सहयोग गर्ने दाताहरुलाई नगर प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आदिवासी जनजाती महासंघ बेलाबारीद्वारा बिपत्त व्य..." A few seconds ago

सम्बन्धित खवर