बेलबारी बिपत्त व्यवस्थापन कोषमा संघसंस्थाको सहयोग तिब्र – Satabdi News

बेलबारी बिपत्त व्यवस्थापन कोषमा संघसंस्थाको सहयोग तिब्र

बेलबारी । द रिभर ओभरसिज काठमाडौले बेलबारी नगरपालिकाको विपद ब्यबस्थापन कोषका लागि १ लाख १ हजार १सय ५ रुपैया प्रदान गरेका छन ।

शनिवार द रिभर ओभरसिजका संचालक रघुनाथ पुरीका दाजु ज्ञानेन्द्र पुरीले उक्त रकम बेलबारी नगरपालिकाका नगर प्रुमख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन । पुरीले नगरपालिलाई केहि दिन भित्रनै कोरोना भाइरसको उपचारका लागि चाहिने केहि स्वास्थ्य सामाग्रि उपलब्ध गराउने समेत बताएका छन ।

यस्तै शुक्रबारनै बेलबारी बास्केटबल क्लबले ५००० हजार रुपैयाँ कोषमा जम्मा गरेको छ ।

शनिबार युवा जागरण अभियान बेलबारीले १० हजार रुपैया कोषमा जम्मा गरेको छ भने मिरमिरे एग्रो प्रालिले बेलबारी ८ ले समेत ५ हजार जम्मा गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । यो विपदको घडीमा सहयोग गर्ने दाताहरुलाई नगर प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बिपत्त व्यवस्थापन कोषमा संघसंस्थाको सहय..." A few seconds ago

सम्बन्धित खवर