लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु – Satabdi News

लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु

११ चैत्र, बेलबारी । बेलबारी नगरपालिका वडा २ मा रहेको लोहन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
खोलामा पौडी खेल्न गएका बेलबारी २ शान्तिटोलका २२ वर्षका मित्र याख्याको डुबेर मृत्यु भएको हो ।

दिउँसो ३ बजेको समयमा याख्या खोलामा गएको र केही समयपछि पानीमा डुबेर अचेत अवस्थामा आफन्तले भेटाएको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकी जनाएको छ । उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर