भोलि देखि सुरु हुने एसईई परीक्षा स्थगित – Satabdi News

भोलि देखि सुरु हुने एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । सरकारले भोलि देखि सुरु हन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन आज साँझ मात्र सरकारले परीक्षा संचालन स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । किन परीक्षा स्थगित भयो ? कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ ।
यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
तर लगतै बसेको नेकपाको सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित परीक्षा स्थगितको घोषणा गरिएको रक्षा मन्त्री ईश्वर पोखरेलको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोलि देखि सुरु हुने एसईई परीक्षा स्थगित" A few seconds ago

सम्बन्धित खवर