थायुम बंश उत्थान समाज गठन – Satabdi News

थायुम बंश उत्थान समाज गठन

नरेश क्षितिज

धरान । फाल्गुण ३०, बहुजाति,बहुभाषा,बहुधर्म तथा बहु सँस्कृति युक्त मुलुक नेपालमा यतिखेर पहिचानको मुद्दा प्रवल रुपमा उठिरहेको छ । यसै बिच याक्खा समुदाय भित्रको एक बंशज जो आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति संगठित भएका छन् ।

फागुन २७ गते सुनसरीको धरान स्थित गीता मन्दिरमा भएको एक भेलाले प्रेम बहादुर थायुमको अध्यक्षता थायुम बंश उत्थान केन्द्रीय समिति गठन गरेको छ । नवगठित समितिमा अध्यक्ष प्रेम बाहादुर थायुम (ईलाम) सहित उपाध्यक्षमा भीम कुमार थायुम (चितवन), सचिवमा मनोज थायुम (संखुवासभा), कोषाध्यक्षमा विष्णु कुमार थायुम (झापा), सदस्यहरुमा ढकल थायुम (धनकुटा), निलम थायुम (काठमाण्डौँ), विन्दु थायुम (सुनसरी),कोपीला पाम्फु थायुम (सुनसरी),अशोक थायुम (संखुवासभा),शान्तकुमार थायुम (नवलपरासी)सुवाष थायुम (संखुवासभा),रुपेश थायुम(मोरङ),शिला थायुम (संखुवासभा) लगायत रहेका छन् ।

प्रेम बहादुर थायुमको अध्यक्षता एवम् कोयोङ्वा बंश उत्थान समाजका केन्द्रीय अध्यक्ष तथा किराँत याक्खा छुम्माका धरान उपमहानगर समिति अध्यक्ष हेमराज जिमी (कोयोङ्वा) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा छाला बंश एकता समाजका सचिव लाल बहादुर छाला तथा कोषाध्यक्ष डिक बहादुर छाला पनि अतिथी रहेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी हेमराज जिमी (कोयोङ्वा) ले सम्पूर्ण पहिचानवादीहरु यसरीनै एकजुट र संगठित भए मात्र मुलुकमा साँचो अर्थमा संघीयता आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "थायुम बंश उत्थान समाज गठन" A few seconds ago

सम्बन्धित खवर