बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु – Satabdi News

बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु

बेलबारी । मोरङको बेलबारीमा शनिबारदेखी आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीद्धारा आयोजित आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबद्र्धधन गरौं, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पारौं भन्ने नारासहित आयोजित महोत्सवको उद्घाटन मुख्यमन्त्री शेरधन राइले गरेका छन् । उद्घाटन अघि विभिन्न जातजातिहरुले झाँकी सहित बेलबारी बजार परिक्रमा गरेका थिए । विभिन्न जातिय रितिरिवाज र परम्परा अनुसार जातीय भेषभुषा र बाजागाजा सहित पुरानो बेलबारी देखि शुरु भएको झाँकी बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको थियो ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभासद राजकुमार ओझा, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष किरण सुनुवार, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, लगायत अन्य स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ संस्था र दलका प्रतिनिधि लगायतको उपस्थिति थियो । महोत्सवमा महासंघमा आवद्ध १६ वटा जातजाति तथा आर्य, शिल्पी समुदायका समेत २१ वटा स्टलहरु निशुल्क रहने र अन्य ३४ स्टलसहित जम्मा ५५ स्टलहरु रहेका छन् । महोत्सवमा आदिवासी र जनजाति समुदायका जातजातिलाई निशुल्क स्टल दिइनुको साथै जातीय मौलिकता प्रबद्र्धधन गर्न प्रोत्साहन स्वरुप ३० हजार रुपैयाँ समेत उपलब्ध गराइएको आयोजक समितिका अध्यक्ष तिलकप्रसाद राइले बताउनुभयो ।
महोत्सव अबधिभर हरेक दिन जाति तथा समुदायको दैनिक प्रस्तुतिहरु हुनेछन् । महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पुर्वेली कलाकारहरुले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राइ, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राइ, पार्वती राई, कृष्णभक्त राइ, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टलहरु रहेका छन् । महोत्सवलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन ..." A few seconds ago

सम्बन्धित खवर