७००० हाराहारिमा शिक्षक सेवा आयोग खुल्दै । – Satabdi News

७००० हाराहारिमा शिक्षक सेवा आयोग खुल्दै ।

काठमाडौं । शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको छ ।

सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनले शिक्षक लाइसेन्सको नतिजा सकिने बित्तिकै स्थायी aशिक्षकको विज्ञापन गर्ने तयारीमा रहेको बताए ।

उनका अनुसार स्थायी शिक्षकको विज्ञापन पनि तहगत गरिने बताए । आयोगले केन्द्रलाई पत्र पठाई सकेको भन्दै उनले अब जति सक्दो छिटो केन्द्र आफुहरुलाई रिक्त संख्या पठाउने बताए । ‘यो नियमित काम हो, अब उहाँहरुले पनि पठाउनु पर्ने काम हो, जहाँसम्म उहाँहरुले छिटै पठाउनु हुन्छ’, उनले भने । शिक्षक बढुवा र खुला विज्ञापन सँगसँगै गर्न सकिने पनि उनले बताए । ‘नयाँ नियमावलीले नियमावली लागु भईसकेपछि छ महिनाभित्र बढुवा गरिसक्नु पर्ने भनेको छ’, उनले भने, ‘तर यो बुढवा र खुला विज्ञापन सँगसँगै हुनसक्छ या दुई चार दिन तलमाथि पनि हुनसक्छ ।’

सूचना अधिकारी आचार्यले माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तह गरि झण्डै ७ देखि ८ हजारसम्मको संख्यामा विज्ञापन गरिने बताए । ‘अब हामीले त अनुमान नै गर्ने हो, उमेरको कारणले अवकाश हुने भनेको २ देखि ३ प्रतिशत नै हो जम्मा दरबन्दीको, अब अन्य कतिपय जिल्लामा शैक्षिक रुपमै राजिनामा दिएका हुन्छन्, ठाक्कै अहिले यति नै भन्न सकिदैँन्’, उनले भने, ‘तर हाम्रो मोटामोटी अनुमान भनेको ७ देखि ८ हजारसम्मको संख्यामा हो, तर यो तर हाम्रो एकिन र आधिकारीक तथ्याङ्ग होइन् अनुमान मात्रै नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "७००० हाराहारिमा शिक्षक सेवा आयोग खुल्दै ।" A few seconds ago

सम्बन्धित खवर