बेलबारी रन सम्पन्न - फोटो फिचर – Satabdi News

बेलबारी रन सम्पन्न – फोटो फिचर

मोरङ, बेलबारी । नेपाल आदिवासी जनजाती महासंघ बेलबारीको आयोजनामा “बेलबारी रन” दौड प्रतियोगिता सम्मपन्न भएको छ ।

शनिवार आयोजित दौड प्रतियोगितामा महिला र पुरुष गरि दुई समुहमा दौड प्रतियोगिता भएको हो।
पुरुष तर्फ कोर्ड नं १९३ का याङ्देव राइले १७ मिनेट ९ सेकेन्ड, कोर्ड नं १७२ का हर्कदिप लगुनले १७ मिनेट १५ सेकेन्ड, कोर्ड नं १७४ का पुजन राइले १७ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरि पार गरि क्रमश प्रथम, द्वितीय, तृतीय भएका थिए।

महिला तर्फ कोर्ड नं १४८ का शुसिला राइ १५ मिनेट ६ सेकेन्ड, कोर्ड नं का संगिता तामाङ १५ मिनेट ७ सेकेन्ड, कोर्ड नं १०२ का भावना श्रेष्ठ १५ मिनेट ३५ सेकेन्डमा निर्धारित दुरि पार गरि क्रमश प्रथम, द्वितीय, तृतीय भएका थिए।

पुरुष तर्फको दौड प्रतियोगिता बेलबारीको भाउने चोक देखी बेलबारी फुलबारी पेट्रोल पम्पसम्म भएको हो । महिला तर्फको सुन्दरहरैचा नगरपालिकाको बिराटचोक देखी बेलबारी फुलबारी पेट्रोल पम्पसम्म भएको हो।

बिजेता प्रतियोगिका दुवै समुह महिला, पुरुषले क्रमश ५०००, ३०००,२००० सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

बेलबारी रन कार्यक्रममा स्थानीय राजनितिक दल नेकपा बेलबारी अध्यक्ष पशुराम सुवेदी, नेपाली काङ्ग्रेस नगर सभापति शम्भु भट्टराई, समाजवादी पार्टी नगर सचिव अमिर मगर ,विभिन्न जातिय संस्थाका प्रतिनिधिहरु लगायत सामाजिक तथा समाजसेवी ब्याक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथी बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बिजेता प्रतियोगिलाई बधाई दिदै कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएकोमा आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ बेलबारी नगर समन्वय समितिका अध्यक्ष तिलक राइको अध्यक्षता सम्मपन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी रन सम्पन्न – फोटो फिचर" A few seconds ago

सम्बन्धित खवर