गृह सचिब प्रेम कुमार राईको राजीनाम संगै अख्तियारको प्रमुख हुने सम्भाबना – Satabdi News

गृह सचिब प्रेम कुमार राईको राजीनाम संगै अख्तियारको प्रमुख हुने सम्भाबना

काठमाडौ माघ १८ । अनिवार्य अवकाश पाउनुभन्दा दुईदिन अघिदेखि लागू हुने गरी गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले माघ १७ गते शुक्रवार  राजीनामा दिएका छन् । राईले मुख्य सचिव लोकदर्शन रेग्मीलाई सम्बोधन गरी राजीनामा पत्र दर्ता गराएको स्रोतले बताएको छ ।

गृह सचिव प्रेमकुमार राईको राजीनामापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्न बाटो खुलेको छ । अहिलेको प्रमुख आयुक्त नवीन घिमिरेको अवाकासपछि उनको ठाउँमा राईलाई लैजाने उच्च स्रोतको दाबी छ । अख्तियार प्रमुख घिमिरेको अवकास अवधि छिट्टै सकिँदै छ ।

स्रोत अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृह सचिव राईलाई प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन् । राई प्रधानमन्त्री ओली र पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको विश्वास पात्र हुन् । प्रधानमन्त्री ओलीले राईलाई मुख्य सचिव बनाउने तयारी गरेका भए पनि माघ २२ गतेबाट नियमित अवकाशमा जाने भएपछि उनी मुख्य सचिव नहुने पक्का भएको हो ।

यो भन्दा अगाडी पनि अख्तियारको प्रमुख आयुक्तमा राईलाई लाने चर्चा चलेको थियो । तर कामु प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्त बनाइएको थियो । लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन् । २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका राई ‘राष्ट्र सेवक’ पगरीको मान जोगाउने अब्बल कर्मचारी हुन् ।राईबारे आजसम्म कुनै पनि राजनीतिक वा प्रशासनिक नेतृत्वले औंला उठाएको छैन । उनीहरूले जोसँग काम गरे, तिनले राईको प्रशंसा गरेको पाइन्छ । उनको कामप्रति निष्ठा, दक्षता र इमानको तारिफ गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गृह सचिब प्रेम कुमार राईको राजीनाम संगै अख्तिया..." A few seconds ago

सम्बन्धित खवर