गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने – Satabdi News

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

१३ माघ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गायिका आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन..." A few seconds ago

सम्बन्धित खवर