ल्होछारको उदघाटन कार्यक्रमको निमन्त्रणा अस्वीकारमा सम्मानीय राष्ट्रपति ज्युलाई अशोक राईको खुल्ला पत्र – Satabdi News

ल्होछारको उदघाटन कार्यक्रमको निमन्त्रणा अस्वीकारमा सम्मानीय राष्ट्रपति ज्युलाई अशोक राईको खुल्ला पत्र

माघ ११, काठमाडौ । तामाङ समुदायको चाड २८५६ को सोनाम ल्होछारको अबसरमा प्रमुुुख अतिथिको रुपमा सम्मानीय राष्ट्रपति ज्युलाई आमन्त्रण गरिएको कार्यक्रममा ल्होछारको नारा नै गलत भएको भन्दै कार्ययक्रमा नआउने जनाएपछि नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष अशोक राईले राष्ट्रपति ज्युलाई खुल्ला प्रश्न गरेका छन ।

सम्मानीय राष्ट्रपति ज्यु …

आदिवासी जनजाती तामाङ समुदायहरुको प्रमुख चाड सोनाम ल्होछारको उदघाटन कार्यक्रमको लागी तामाङ धेदुङ संघले प्रमुख अतिथि यो देशको सम्मनीय राष्ट्रपतिलाई निमन्त्रणा गरिएको हो । किन कि यो सोनाम ल्होछार चाड तामाङ समुदायहरुको मात्र नभएर यो राष्ट्रको नै चाड हो । राष्ट्रको चाडमा राष्ट्रको सम्मानित ब्यक्तिलाई अभिभावक मान्नु आदिवासी जनजातिको संस्कार हो ।

अब सवाल रह्यो, राष्ट्रपति ज्यु …
यो देशको आदिवासी जनजाती समुदायले राष्ट्रपतिलाई अभिभावक मान्ने कि भण्डारी महिला मात्र हुन भनेर मान्ने ? कुन सोच र मानसिकताले प्रमुख अतिथिको निमन्त्रणालाई अस्वीकार गर्ने चेष्टा गर्नु भयो राष्ट्रपति ज्यु ? सिङ्गो तामाङ समुदायले आफनो जातीय पहिचान र अधिकार संगै सोनाम ल्छोहार मनाउनु समस्त आदिवासी जनजातिको संस्कृतिसंग जोडिएको कुरा हो ।

सम्मानीय राष्ट्रपति ज्यु…
सोनाम ल्छोहारको नारा “ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको अभिभारा” के यो नारा देशको राष्ट्रपतिलाई आपत्ति हो कि ? भण्डारी महिलालाई आपत्ति ? आदिवासी जनजाति समुदायहरुले बुझ्न नसकेको कुरा ?

स्मरण रहोस् राष्ट्रपति ज्यु…
नेपालको संबिधानको धारा ३२ ले प्रत्येक ब्यक्ति तथा समुदायलाई आफनो भाषा तथा संस्कृतिको हकको रुपमा मौलिक हकको ब्यबस्था गरिएको छ । नेपालको संबिधानले अंगिकार गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमा ब्यबास्था गरिएको जातीय स्वायत्तता र दिएको पहिचान माग्नु आदिवासी जनजातिको अधिकारको कुरा हो । तर यो देशको राष्ट्रपति बनौं वा अभिभावक बनौं ? बुझेर पनि नबुझै जस्तो गरि राष्ट्रको सांस्कृतिक चाड २८५६ औं सोनाम ल्छोहारको नाराको कारण नै कार्यक्रममा आउन अस्विकार गर्नु राष्ट्रपति ज्युको सोच र मानसिकता कस्तो हो भनेर ३७% भन्दा बढी जनसंख्या भएको आदिबासी जनजातिको लागी गम्भीर चिन्तनको बिषय बनेेेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ल्होछारको उदघाटन कार्यक्रमको निमन्त्रणा अस्वीका..." A few seconds ago

सम्बन्धित खवर