खगेन्द्र संग्रौलाको पुस्तक '' कान्तिपुरमा कुन्साङ काका '' प्रकाशित – Satabdi News

खगेन्द्र संग्रौलाको पुस्तक ” कान्तिपुरमा कुन्साङ काका ” प्रकाशित

१५ पोष, काठमाडौं । सुपरिचित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको पुस्तक ‘कान्तिपुरमा कुन्साङ काका’ बजारमा आएको छ ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र अल्पसंख्यम उपेक्षित समुदायको न्याय र समानताको पक्षमा उभिने संग्रौलाको किताबमा संविधानसभाबाट संविधान जारी हुनुपूर्व र जारी भएपछिका २१ वटा महत्वपूर्ण लेखहरु समेटिएका छन् ।

खासगरी पहिचान सहितको संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीको पक्षमा  उत्पीडितहरुले आन्दोलन गरिरहेको बेला संग्रौलाले उनीहरुका मुद्दाबारे रोचक प्रस्तुतिका साथ लेखहरु लेखेका थिए ।

उनका लेख कान्तिपुर दैनिकमा छापिएका थिए । तीनै लेखहरुको संकलन गरी ‘स्वप्न वाटिका’ संग्रौलाको किताब बजारमा ल्याएको हो । जसको संकलन तथा संयोजन पत्रकार विजय चाम्लिङले गरेका हुन् ।

१४३ पेज रहेको उक्त किताबको मूल्य २ सय रुपैयाँ रहेको छ । संविधानसभाबाट संविधान बने पनि उक्त संविधान अपुरो अधुरो रहेको भन्दै हाल उत्पीडितहरुले स्वीकार गरिसकेको छैन ।

एकथरि राजनीतिक दल र नेताहरुले भने अहिले नेपालको राजनीतिक क्रान्ति पूरा भइसकेकोले अब आर्थिक क्रान्तिमा जानुपर्ने जिकिर गरिरहेका छन् । तर वर्षौदेखि राज्यबाट उपेक्षित बनेका समुदायले भने समानता र न्यायको अनुभूति गरिरहेका छैनन् । संग्रौलाको किताबमा यही सेरोफेरोका विषय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खगेन्द्र संग्रौलाको पुस्तक ” कान्तिपुरमा ..." A few seconds ago

सम्बन्धित खवर