छठमा प्रधानमन्त्रीकाे शुभकामनाः मानवीय भावना व्यापक बनाेस् – Satabdi News

छठमा प्रधानमन्त्रीकाे शुभकामनाः मानवीय भावना व्यापक बनाेस्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वकाे शुभकामना सन्देश दिँदै छठले मानव जीवनलाई उज्यालो, सुख र समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताएका छन् ।

छठ पर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पुजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सूर्यलाई नवग्रहकै उत्पत्ति कर्ता, सृष्टिकै उत्पन्न कर्ताको रुपमा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गरे ।

उनले यस पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने विश्वास गरे । प्रधानमन्त्री ओलीले सन्देशमा स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "छठमा प्रधानमन्त्रीकाे शुभकामनाः मानवीय भावना व्..." A few seconds ago

सम्बन्धित खवर