कांग्रेस सांसद् अफताब आलम कारागार चलान – Satabdi News

कांग्रेस सांसद् अफताब आलम कारागार चलान

रौतहट । बम फिस्फोटका घाइतेहरुलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद् मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

रौतहट जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि अदालतले आलमलाई कारागार चलाउने आदेश दिएको हो ।

आलमले २०६४ सालको संविधानसभाको निर्वाचनमा अघिल्लो दिन बम बनाउँदै गर्दा फिस्फोट भएको थियो । जसमा घाइते भएकाहरुलाई उनले नजिकै रहेको इट्टाभट्टाभित्र हालेर मारेका थिए ।

आलमले बम पड्काएर निर्वाचनको बुथ कब्जा गर्ने योजना बनाएका थिए । तर बम बनाउँदै गर्दा नै बिस्फोट भएको थियो ।

आलम रौतहटबाट नेपाली कांग्रेसबाट निर्वाचित संघीय सांसद हुन् ।

आलमविरुद्ध इट्टाभट्टामा हालेर मारिएकाका आफन्तहरुले उजुरी दिएका थिए ।

सो घटना भएपछि जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल बन्द गरेको थियो ।
तर पीडितहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि सो घटनाको पुनः अनुसन्धान गर्न आदेश दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कांग्रेस सांसद् अफताब आलम कारागार चलान" A few seconds ago

सम्बन्धित खवर