समाजवादी पार्टी प्रदेश १ को अध्यक्षमा प्रविण चाम्लिङ – Satabdi News

समाजवादी पार्टी प्रदेश १ को अध्यक्षमा प्रविण चाम्लिङ

धरान समाजवादी पार्टी प्रदेश १ को समायोजन सम्पन्न भएको छ । सुनसरीको धरान स्थित चुम्लुङ भवनमा आयोजित समायोजन कार्यक्रमबाट प्रविण चाम्लिङको अध्यक्षतामा प्रादेशिक कार्यसमिति घोषणा भएको हो । साविक संघीय समाजवादी फोरमबाट ५७ र साविक नयाँ शक्तिको तर्फबाट ४३ सदस्यीय समायोजन गरी १ सय सदस्यीय समिति घोषणा भएको हो ।


११ पदाधिकारीमध्ये साविक समाजवादी फोरमले ४ उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष सहित ७ पदाधिकारी पाएको छ । साविक फोरमले पाएको ४ उपाध्यक्षमा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल, सविता यादव र राज कुमार यादव चयन भएका छन् । सचिवमा प्रेम वनेम, कोषाध्यक्षमा विनोद नेम्वाङ चयन भएका छन् । साविक नयाँ शक्ति पार्टीले एक उपाध्यक्ष, एक मुख्यसचिव र दुई सचिवसहित ४ पदाधिकारी पाएको छ । उसले पाएको उपाध्यक्षमा उमेश थापा, मुख्य सचिवमा प्रभुराम श्रेष्ठ तथा सचिवद्वय भरत दाहाल र सुर्य राई चयन भएका छन् ।
समायोजन कार्यदल प्रमुख एवम् केन्द्रीय उपाध्यक्ष पर्शुराम खापुङको अध्यक्षता र समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बावुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ट नेता अशोक राई, उपाध्यक्ष युवराज कार्की, रकम चेम्जोङ लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी पार्टी प्रदेश १ को अध्यक्षमा प्रविण चा..." A few seconds ago

सम्बन्धित खवर