स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र

मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु

९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा

कांग्रेसको वडा अधिवेशन स्थगित

९ साउन काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिमार्जन हुने

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्षनेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद

पूर्वसभामुख नेम्वाङलाई प्रधानमन्त्री देउवाको प्रश्न– संविधानमा ७६ (५) किन लेख्नुभयो ?

शुभकामना बैठकमा प्रधानमन्त्रीमाथि प्रतिपक्षीको घोचपेच नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना दिने कार्यसूची राखेर शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गरेका छन् । विपक्ष दलका सांसदले प्रधानमन्त्री नियुक्तिको प्रसंगलाई लिएर टिप्पणी गरेपछि देउवा आफैँले जवाफ दिएका छन् । सुवास नेम्वाङ संसद् पुनर्स्थापनापछि पहिलोपटक बोलेका एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख

जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

९ साउन २०७८, शनिबार। प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसपाको आधिकारिता विवाद ११ साउनमा टुंग्याउने निर्वाचन आयोगको तयारी छ । २९ असारमा शपथग्रहण गरेका देउवाले त्यही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । तर, सत्तागठबन्धनमा

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता

८ साउन २०७८, शुक्रबार। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। २०७४ सालको

देउवालाई बधाई दिँदै नेम्वाङले भने– एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने छ

८ साउन २०७८, शुक्रबार। नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार बन्ने प्रक्रियाका बारेमा असन्तुष्टि पोखेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘संविधानले एउटा निर्वाचनमार्फत प्रधानमन्त्री आउने कुरा सोचेको छ। निर्वाचित प्रतिनिधिहरू रहेको संसदबाट देशले प्रधानमन्त्री पाउँछ। प्रधानमन्त्री पाउने थुप्रै धारा र उपधाराहरू छन्। त्यो सबै व्याख्या गर्न चाहन्न।

ओलीलाई नेपालको जवाफ– महाराजाधिराज खुसी भएर आममाफी दिनेछन् भन्दै नाच्नुपर्ने भो !

८ साउन २०७८, शुक्रबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीले आममाफी दिएकोमा खुसी भएको भन्दै व्यंग्य गरेका छन्। ओलीलाई श्री ५ महाराजाधिराज भन्दै नेपालले व्यंग्य गरेका हुन्। ‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो- माधव नेपाललगायत माननीय सदस्यहरूमाथि जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्यारेन्टेड ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई नरेन्द्र मोदी र इमरान खानको बधाई

६ साउन २०७८, बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा देउवालाई बधाई दिँदै मोदीले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताएका थिए।साझा विषयमा मिलेर काम गर्ने मोदीले बताएका थिए। कोरोना महामारीविरुद्धको लडाइँ मिलेर लड्ने मोदीले बताएका थिए। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले