एनसेलले बुझायो पुँजीगत लाभकर

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको सम्पूर्ण पुँजीगत लाभकर भुक्तानी भएको छ।यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।  

नेपाल राष्ट्र बैंकको १७ औ गभर्नरमा महाप्रसाद अधिकारी

२४ चैत, बेलबारी । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीलाई सिफारिस गरेको हो । यो संगै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो