बेलबारी । बेलबारी नगरपालिकाले ञहेलो उपमेयर क्विक रेस्पोन्सझअभियान संचालन गर्ने भएको छ। बिहीवार बसेको नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिको बैठकले बजारलाई संकटको समयमा समेत उपभोक्ता मैत्री बनाउँन बजार अनुगमनलाई निरंतरता दिइने,कृत्रिम अभाव र कालोबजारीलाई कार्वाही गरिने,तत्काल उपभोक्ताहरुको गुनासो सुनुवाई र द्रुत समाधानका लागि ञहेलो उपमेयर क्विक रेस्पोन्सझअभियान संचालन गरिने साथै दैनिक उपभोग्य सामग्रीहरुको आपूर्तिमा व्यापारी व्यवशायीहरुलाई सहयोग गर्ने निणर्य गरिएको समितीका सदस्य सचिब महेन्द्र खडकाले बताए।
महामारीका समयमा स्वास्थ्य संस्थाहरुलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउन र सिङ्गो बजारलाई मर्यादित बनाउँन बजार अनुगमनलाई कडाइ गरिएको समिती सदस्य सन्तोष बिकले बताए।सदस्य राजेशजङ्ग कार्कीले उद्योग बाणिज्य संघ बेलबारीले उपभोक्ता हित संरक्षण समितिसँग हातेमालो गरेर अघि बढ्ने बताए।
उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले व्यापारी व्यवशायीहरुलाई बजारमा उपभोक्ताको हित र अधिकार विपरीत कुनै काम नगर्न आग्रह गर्दै यस जटिल समयमा सबै उद्योगी,व्यापारी व्यवशायीबाट नगरपालिकाले महामारीसँग जुध्न आआफ्नो स्थानबाट सहयोगी भूमिकाको अपेक्षा गरेको बताइन्।