पाँचथर । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार चण्डीमान राई पुष महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी हवल्दार चण्डीमान राई बिगत एक वर्ष देखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत रहेका थिए। राईले विभिन्न अपराधिक समूह र व्यक्तिहरुबारे सूचना संकलन गर्नुका साथै जघन्य अपराध घटाइ बिगत लामो समयदेखि फरार रहेका फरार प्रतिवादीहरुलाई छिमेकी जिल्ला र काठमान्डौँ उपत्यकाबाट समेत पक्राउ गरि कार्यालयमा दाखिला गराएका थिए ।
जिल्ला भरी नै नेपाल प्रहरीको शान र प्रतिष्ठा उच्च बनाउँने गरि उत्कृष्ट कार्य गरेको, शान्ति सुरक्षा कायम गर्न महत्वपुणर् भूमिका खेलेको र आम जनतामा समेत प्रहरीको इज्जतलाई बढाउने कार्य गरेकोले राईलाई उत्कृष्ट घोषित गरिएको सोलुखुम्बु प्रहरीद्वारा जारी गरिएको सम्मान पत्रमा उल्लेख गरिको छ।
प्रहरी सेवामा प्रवेश गर्दा देखि नै प्रभावकारी कार्य सम्पादन गर्दै आएका प्रहरी हवल्दार चन्डिमान राई वि.सं.२०६७ सालमा प्रहरी प्रधान कार्यालयबाट सम्मानित भइ सकेका छन भने वि.सं.२०७६ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहँदा पनि उनी उत्कृष्ट प्रहरी घोषित भएका थिए ।
ब्ब