भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत् राजनैतिक प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अरुण गाउँपालिका वडा नं ५ याकु वडा पार्टीको बिशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
बिगत लामो समय यता पार्टीले कुनै पनि प्रशिक्षण कार्यक्रमहरु कार्यकर्ता तहमा गर्न नसक्दा राजनैतिक तथा बैचारिक समस्याहरु बढ्दै गईरहेका छन् ।यस्तो जटिल तथा गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै राजनैतिक तथा बैचारिकरुपमा एकताबद्ध गर्ने साथै बिचार र दृष्टिकोण सहितको कार्यकर्ता निर्माणमा यो प्रशिक्षण कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा बक्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश कमिटी सदस्य तथा जिल्ला पार्टी सचिब कमरेड बिमल खड्काको उपस्थिति रहेको थियो। खडकाले विश्व कम्युनिष्ट आन्दोलन तथा यसका मार्गदर्शक सिद्धान्त र बैज्ञानिक समाजबादबारे प्रशिक्षार्थीहरुलाई स्पस्ट पार्नु भयो।उहाँले साझा बुझाई र साझा दृष्टिकोण सहितको कार्यकर्ता निर्माण गर्नु नेता, नेतृत्व र पार्टीको प्रमुख दायित्व रहेको समेत बताउनु भएको छ। नेता खड्काले पार्टीमा कहिलेकाही ब्यक्तिवादी चरित्रहरु पनि हाबी हुने जस्तो देखिएता पनि हामी कम्युनिष्ट पार्टीका असल कार्यकर्ता भएकाले पनि पार्टीको सहि नीती ,विधि ,बिचार र सिद्धान्तलाई भुल्न नहुनेमा जोड दिनुभएको छ ।
पार्टीका जिल्ला सचिवालय सदस्य तथा अरुण गा.पा सह इन्चार्ज बबिन्द्र रसाईलीले नेता,नेतृत्व र यसका नैतिक चुनौती एबंम् हाम्रो समाजबारे बोल्नु भएको छ।नेता रसाईलीले समृद्ध समाजको परिकल्पना गरिरहेका छौं त्यसलाई सार्थक निष्कर्षमा पुर्याउनका लागि असल नेता र नेतृत्वको खाँचो भएको बताउनु भयो।उहाँले स्पष्ट बिचार ,दृष्टिकोण ,निडर र दृढ इच्छाशक्ति भएको नेता हनु पर्ने उल्लेख गर्दै नेता भुगोल सुहाउदो ,समय सापेक्ष चल्न सक्ने ,गतिशील र आफैमा इमानदार भएमा मात्रै पार्टीले परिकल्पना गरेको लक्ष हासिल गर्न सक्नेमा जोड दिनु भएको छ ।
जिल्ला पार्टी सचिवालय सदस्य तथा अरुण पार्टी अध्यक्ष बलभद्र राईले नेकपाको बिद्यमान अबस्था ,नीति कार्यक्रम तथा नेपाली जनताको बर्गिय धरातलबारे बोल्नु भएको छ। नेता राईले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको हो। उहाँले अरुण गा.पा पार्टीले करिब ९०% पार्टीको प्राबिधिक तथा साङ्गठानिक कार्यहरु सम्पन्न गरिसकेकोले बाँकि कामलाई निरन्तरता दिदै अब,राजनैतिक ,बैचारिक तथा सैद्धान्तिक पाटोलाई तिब्रता दिएर जानू पर्नेमा जोड दिनु भएको छ ।
पछिल्लो समय ढाँट छल,पैसा, योजना बजेट , र विभिन्न किसिमका सर्तहरु साथै निहित स्वार्थका आधारमा पार्टी निर्माण गर्ने गलत परिपाटीको बिकास भएकाले पनि नेता ,नेतृत्व र पार्टी स्खलित बन्दै गएको छ यस्तो खराब थिति तथा परम्परालाई तोडेर नीति ,विधि, सिद्धान्त र राजनैतिक ,वैचारिक आधारमा पार्टी संगठनलाई निर्माण गर्नु पर्ने धारणा राख्नु भयो। उहाँले आफू वैचारिक पार्टी बनाउन कठिबध्द रहेको समेत उल्लेख गर्नु भएको छ।
जिल्ला कमिटी सदस्य तथा अरुण पार्टी सचिव नारायण घिमिरेले संगठन निर्माण र सञ्चालन पद्धति बारे बोल्नु भएको थियो । नेता घिमिरेले पार्टी संगठनलाई लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।लेनिनवादी सिद्धान्तलाई अंगिकार गर्न नसके पार्टी, संगठन, नेता तथा कार्यकर्ताहरु लगाम बिनाको घोडा जस्तो हुने बताउनु भएको हो।यसमा सबैले सचेत हनु पर्ने बताउनु भएको छ।
जिल्ला कमिटी सदस्य भक्त बहादुर राईले नेपाली कम्युनिष्ट आन्दोलन बारे प्रशिक्षार्थीहरुलाई स्पष्ट पार्नु भयो। त्यसै गरी जिल्ला कमिटी सदस्य तथा अरुण गा.पा. पार्टी ५ र ७ का इन्चार्ज कुमार थापाले कम्युनिष्ट पार्टीमा जनबर्गिय संगठनहरुको बिस्तार र महत्त्व बारे बोल्नु भएको छ। थापाले बिशेष चर्चा गर्दै कम्युनिष्ट पार्टीमा जनबर्गिय संगठनहरुको ज्यादै ठूलो महत्त्व रहेको बताउनु भयो। पार्टीको नीति ,विधि ,बिचार, सिद्धान्तको रक्षा गर्नका लागि , जातीय ,धार्मिक ,लैङ्गिक, पेशागत अधिकार तथा सबैको समान हक ,अधिकारको सुनिश्चित गर्दै सामाजिक समाबेशिकरण जस्ता गम्भीर मुद्दाहरुलाई सार्थक निष्कर्षमा पुर्याउन एबंम् पार्टी संगठनलाई मजबुत तथा धारिलो बनाईराख्न जरुरी रहेको कुरा बताउनु भएको हो। यदि जनबर्गिय संगठनहरु नहुने हो र भएकाहरु पनि क्रियाशील नहुने हो भने पार्टी लङ्गडो हुने ग्यारेन्टी गर्नु भयो ।
त्यसैले पार्टीको नीति ,विधि ,बिचार र सिद्धान्तका आधारमा ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी ,देश र जनताको हितमा हुने गरि जनबर्गिय संगठनहरुको बिस्तार र क्रियाशीलतामा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ। वडा पार्टी सचिव श्याम कुमार तामाङको सञ्चालन र वडा पार्टी अध्यक्ष निरनकुमार राईको अध्यक्षतामा भएको उक्त राजनैतिक प्रशिक्षण कार्यक्रममा जिल्ला ,गाउँपालिका र वडा पार्टी कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।