कार्तिक १६, काठमाडौं । नेपालमा थप ३५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । यो सँगै, हालसम्म नेपालमा कुल १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म १ लाख ३४ हजार ८४२ जना निको भइसकेका छन् । यता, पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको निधन भएको छ । हालसम्म निधन हुनेको संख्या ९६० पुगेको छ ।