बल्वाको युवाहरुको पहलमा महोत्तरी युवा संजालद्वारा बीस हजार बिरुवा बितरण – Satabdi News

बल्वाको युवाहरुको पहलमा महोत्तरी युवा संजालद्वारा बीस हजार बिरुवा बितरण

रमेश कुमार महतो

भदौ २७, वल्वा । महोत्तरीको बल्वा नगरपालिका वडा ०६, बल्वामा दुर्गा युवा कमिटिको पहलमा महोत्तरी युवा संजाल द्वारा २००० किसानलाई १० गोटाको दरले जम्मा २०००० बिरुवा बितरण गरिएको छ ।

महोत्तरी युवा संजालको अभियान “वातावरण संरक्षण तथा पर्यावरण प्रवर्धनको लागि युवाको अभियान” लाई सार्थकता दिदै हरित महोत्तरीको परिकल्पना गर्दै बल्वालाई हरित बनाउन सम्पुर्ण जनसमुदायले आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता रहेको कुरा सो कार्यक्रमको संयोजक रौशन कुशवाहाले कार्यक्रम बिच बताए । कार्यक्रमलाई सफल बनाउन बल्वाका सक्रिय युवा बिबेक झा, मुकेस महतो, बिनय महतो, मम्ताज नदाफ, राहुल साह लगायत दुई दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रम बिच बोल्दै सन्जालका अध्यक्ष चुडामनी यादबले बल्वाको दुर्गा युवा कमिटीका युवाहरुको सक्रियता तथा किसानहरुको उत्साहले महोत्तरी युवा सन्जालको अभियानलाई थप उर्जा प्रदान गरेको बताउनु भएको छ ।कार्यक्रममा संजालका सचिब राजु कुमार महतोले पर्यावरण संरक्षणको लागि महोत्तरी युवा संजालको अभियानलाई महोत्तरीको हरेक किसान देखि हरेक ठाउँ सम्म पुग्न महोत्तरीको हरेक युवाहरुलाई सक्रिय हुन अवाश्यक रहेको बताए । कार्यक्रमलाई सफल बनाउन धेरै चुनौती आए पनी युवाहरुको सहभागिताले सहजीकरण तुल्याएको भनेर ई.बिबेक झा ज्युले बताउनु बताए ।

कार्यक्रमलाई समापन गर्दै युवा नेता रौशन कुशवाहाले कार्यक्रम उत्साह र सामाजिक दुरीलाई मध्यनजर गर्दै सौहार्दपुर्ण वातावरणमा सु-सम्पन्न भएको खुशी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बल्वाको युवाहरुको पहलमा महोत्तरी युवा संजालद्वा..." A few seconds ago

सम्बन्धित खवर